
बुधबार सुनको भाउ तोलामा ५६ हजार तीन सयमा कारोबार भइरहेको छ ।
मंगलबार पनि सुन यही भाउमा कारोबार भएको थियो । यस्तै तेजावी सुन आज ५६ हजारमा कारोबार भएको छ ।
चाँदी पनि हिजोको तुलनामा मूल्यमा कुनै घटबढ नभई समान ७३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।