०१ असार २०८३, सोमबार

क्यानडामा दक्षिण एसियालीमाथि जातीय भेदभाव, आफ्नो देश फर्केर जा भनियो (भिडियो)

क्यानडामा दक्षिण एसियालीमाथि जातीय भेदभाव, आफ्नो देश फर्केर जा भनियो (भिडियो)

काठमाडौं – क्यानडामा एक गोरा जातिका व्यक्तिले एक भारतीय दम्पतीमाथि नश्लभेदी टिप्पणी गर्दै आफ्नो देश फर्किन भनेका छन् । उनले दम्पतीलाई मार्ने धम्की समेत दिएका छन् । 

मिडिया रिपोर्टहरूका अनुसार, प्रहरीले यसलाई जातिविभेद आक्रमण मानेर अनुसन्धान गरिरहेको छ । 

सीबीसीको रिपोर्टअनुसार, यो घटना आइतवार भएको थियो । त्यतिखेर भारतीय दम्पती र ४७ वर्षीय डेल रोबर्टसन नामक व्यक्तिले अन्टोरियोको ह्यामिल्टनस्थित वालमार्ट सुपरसेन्टरको पार्किङमा झगडा भएको थियो । 

उक्त घटनाको भिडियोमा भारतीय दम्पतीले उक्त व्यक्तिलाई सोधिरहेको देखिन्छ, ‘तपाईं आफ्ना सन्तानका लागि कस्तो उदाहरण प्रस्तुत गर्दै हुनुहुन्छ ?’

भिडियो पत्नीले रेकर्ड गरेकी हुन् । झगडा बढेपछि रोबर्टसनले भने, ‘म नश्लवादी व्यक्ति हुँ । म तिमीहरूलाई मन पराउँदिनँ ।’

त्यसपछि उनले भने, ‘म तिमीहरूका सन्तानलाई मारिदिन्छु ।’

दम्पतीको पहिचान खुलेको छैन । 

ह्यामिल्टन प्रहरीले यसलाई जातीय आक्रमण मानेर अनुसन्धान गरिरहेको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्