०४ साउन २०८३, सोमबार

पूर्व केन्द्रीय सदस्य जोशीको निधनमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

पूर्व केन्द्रीय सदस्य जोशीको निधनमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं – नेपाली कांग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य एवं पूर्व सांसद स्वर्गीय कृष्णकुमार जोशीको सम्मानमा यही साउन १६–१८ गते पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । 

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले स्व नेता जोशीको सम्मानमा केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो । 

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले भोलि साउन १७ गते केन्द्र तथा जिल्लाका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

बैठकले नेता जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै स्व जोशीले कांग्रेसको संगठन विस्तार र लोकतान्त्रिक आन्दोलनमा पु¥याउनु भएको योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहने जनाएको छ । 

बैठकले स्व जोशीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनको आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । नेता जोशीको मंगलबार निधन भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्