०५ असार २०८३, शुक्रबार

यी महिलाको दुईवटा कोख, दुवैमा हुर्किए बच्चा, करोडौंमा एक घटना

यी महिलाको दुईवटा कोख, दुवैमा हुर्किए बच्चा, करोडौंमा एक घटना

काठमाडौं – बेलायतकी जेनिफरका दुईवटा कोख छन् र दुवैमा शिशुहरू हुर्कीवरी जन्मिसकेका छन् । दुवै बच्चा र आमा स्वस्थ छन् । 

विज्ञहरूका अनुसार, यो अत्यन्त दुर्लभ घटना हो र ५० करोडमध्ये एकजनामा यस्तो देख्न पाइन्छ । 

एकतीस वर्षीया जेनिफर याशवूडले यसअघि एक बच्चा जन्माइसकेकी छन् । त्यतिखेर कुनै असामान्य स्थिति थिएन । तर हालैको डेलिभरीमा अनौठो कुरा भयो । 

गर्भवती भएको २० हप्तापछि नियमित परीक्षण गराउँदा उनले दुईवटा गर्भाशय विकसित भएको थाहा पाइन् र दुवैमा भ्रूण रहेको पाइन् । 

गर्भपतन वा समयअगावैको डेलिभरीको आशंकाले जेनिफर र उनका पति डराएका थिए । जेनिफर अलिक बिरामी पनि थिइन् । तर ३४ हप्तापछि उनका दुई बच्चाहरू पिरान र पोप्पी जन्माइन् । 

डेलिभरीको दुई हप्तापछि जेनिफरलाई डिस्चार्ज गरियो र उनी बच्चा लिएर घर आइन् । तर बच्चाहरूलाई जन्डिस लागेपछि उपचार चल्यो । 

वेबसाइट मेयोक्लिनिकका अनुसार, यो अत्यन्तै दुर्लभ घटना हो । यसलाई युटेरस डाइडेल्फिस वा डबल युटेरस पनि भनिन्छ । कुनै कुनै महिलामा जन्मजात नै दुईवटा सर्भिक्स हुन्छ । कसैको त दुईवटा योनि पनि हुन्छ । 

महिलाको गर्भाशय दुईवटा ससाना ट्युबमा बाँडिएपछि डबल युटेरस बन्छ । दुवै ट्युब भित्रबाट खोक्रा हुन्छन् । कहिलेकाहीँ यिनीहरू जोडिएका पनि हुन्छन् । दुवै ट्युब सर्भिक्ससँग जोडिएका हुन्छन् । 

गर्भाशयको औसत आकारको तुलनामा यी गर्भाशय अलिक साना हुन्छन् । यस्तो स्थिति कसरी आउँछ भन्ने पत्ता लागेको छैन । यसको कुनै स्थायी उपचार छैन ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्