२४ जेठ २०८३, आइतबार

कञ्चनपुर घटनाका दोषीलाई कारवाहीको माग गर्दै मन्त्रीकै नेतृत्वमा गृहमन्त्रीलाई ज्ञापनपत्र

कञ्चनपुर घटनाका दोषीलाई कारवाहीको माग गर्दै मन्त्रीकै नेतृत्वमा गृहमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं – कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ की बालिका बलात्कार तथा हत्याको घटनाका दोषीलाई पक्राउ गरी कारवाही गर्न माग गर्दै खानेपानी मन्त्रीको नेतृत्वमा गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाइएको छ ।

खानेपानी मन्त्री तथा कञ्चनपुर जिल्ला क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य विना मगरको नेतृत्वमा गएको टोलीले गृहमन्त्री थापालाई भेट गर्दै पीडितलाई क्षतिपूर्ति र हत्यारालाई कारवाहीको माग गरेका हुन् ।

हत्यामा संलग्न अपराधी पक्राउ नपरेका कारण पीडितले न्याय नपाउने र अनावश्यक रूपमा घटनाको राजनीतिकरण हुने अवस्था सिर्जना भएको भन्दै ज्ञापनपत्रमा प्रहरी अनुसन्धानलाई तीव्रता दिन माग गरिएको छ ।

गृहमन्त्रीसँग भेटका अवसरमा टोली प्रतिनिधिहरूले कञ्चनपुर र प्रदेश नम्बर ७ मा अपराधिक घटनाहरू श्रृंखलावद्धरुपमा बढ्दै गएको उल्लेख गर्दै पीडित परिवारको संवेदनालाई राजनीतिकरण गर्ने तत्वहरू सक्रिय भएको बताएका थिए ।

घटनामा प्रहरीले समयमा नै चासो दिए पनि अनुसन्धानले गति भने लिन नसकेको बताउँदै तत्काल शान्ति सुरक्षाको अवस्था मजबुत गर्न समेत माग गरेका थिए । 

स्थानीयस्तरमा पीडित परिवारलाई सहयोगका लागि पहल भइरहेको र सरकारका तर्फबाट समेत शोकमा परेको परिवारलाई सहयोगका लागि ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

ज्ञापनपत्र बुझाउन खानेपानी मन्त्री विना मगर, कञ्चनपुर जिल्ला क्षेत्र नं. २ का प्रतिनिधि सभा सांसद दीपक प्रकाश भट्ट, प्रतिनिधि सभा सदस्य सांसद निरु पाल, क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य नर बहादुर धामी, पूर्व सभासद, टिकेन्द्र भट्ट, पूर्व सभासद कृपा राना पूर्व नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक बीर बहादुर थापा पातल, नेकपा नेता अक्कल बिष्ट,जिसस प्रमुख फैरु तामाङ, संघीय जनसम्पर्क मञ्च सल्लाहकार परिषद संयोजक गोकर्ण भट्ट, कमला बोहरा, अनेरास्ववियू सचिवालय सदस्य मर्यादा विष्ट, भीम भट्ट लगायत पुगेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्