२४ जेठ २०८३, आइतबार

यस्ता बाबा जो लगाएर हिड्छन् २० किलो सुन, ४४ लाखको घडी र सुनकै ज्याकेट !

यस्ता बाबा जो लगाएर हिड्छन् २० किलो सुन, ४४ लाखको घडी र सुनकै ज्याकेट !

 २० किलो सुन लगाउने ‘गोल्डन बाबा’ एक पटक पुन कांवर यात्रामा निस्किएका छन् । उनी २५ औंपटक कांवर यात्राका लागि निस्किएका हुन् । गोल्डन बाबासँग ४४ लाखको घडी, बीएमडब्ल्यू, अडी जस्ता कयौं कार रहेको बताइन्छ । उनको घडीमा हिराकाे भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

हरेक वर्ष श्रावण महिनामा लाखौंको संख्यामा कांवडियाहरु गंगा जल भरिएका पानीका घडासहित यात्रा गर्छन् जसलाई कांबड यात्रा भन्ने गरिन्छ । श्रावणको चतुदर्शीको दिन खोला, पोखरीबाट पानी ल्याएर घर नजिककको शिव लिंगमा अभिषेक गरिने गरिन्छ । 

गोल्डन बाबाले भारत उत्तराखण्डको हरिद्वारबाट कांवड यात्रा सुरु गरेका हुन् । यस बीचमा उनले सुरक्षाकर्मी र अन्य श्रद्धालुसँग फोटोशेसन पनि गरेका छन् । 

आफ्नो यात्राका क्रममा बाबा अलग अलग शहरमा बस्छन् । यसबीचमा उनका अनुवायी उनलाई भेट्न लामबद्ध हुने गरेका छन् । 

यति मात्र होइन उनको सुरक्षामा २५ प्रहरी पनि तैनाथ भएका छन् ।

को हुन् गोल्डन बाबा ? 

५६ वर्षका सुधीर कुमार मक्कड उर्फ गोल्डन बाबा । बाबाको कांवर यात्रा यस अघि पनि चर्चामा रहने गरेको थियो । बाबालाई सुन निकै मन पर्छ । उनीसँग २१ सुनको सिक्री, २१ लकेट र एउटा सुनको ज्याकेट समेत छ । 

बाबा भारत दिल्लीको गान्धीनगरमा बस्छन् । कुनै समय कपडा पसलमा सामान्य दर्जी (लुगा सिलाउने) गर्थे । तर बाबाले पछि बाटो परिवर्तन गरे । 

केही समय घरजग्गाको काम पनि गरे । तर यसबीच एक दिन उनी हराए र सिधै हरिद्वार गएर बसे । 

यी बाबा विरुद्ध पनि प्रहरीका विभिन्न आरोपमा तीन दर्जन भन्दा बढी मुद्दा परेको छ । जसमा अपहरण, फिरौती, जवरजस्ती असुली, मारपिट र ज्यान मार्ने धम्की लगायतका आरोपमा प्रहरीसमक्ष उजुरी परेको छ । 

बाबाले यति धेरै सुन लगाउँथे कि त्यसका कारण उनको नसामा नराम्रो असर परेको थियो । त्यसपछि उनले सुन लगाउन केही कम गरेका छन् । उनले सुनका अलावा महंगा पत्थर, हिरा जडित गहनासमेत लगाएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्