०९ असार २०८३, मंगलबार

रोल्पा : सडक दुर्घटनामा २ जनाको मृत्यु

रोल्पा : सडक दुर्घटनामा २ जनाको मृत्यु

रोल्पा– रोल्पामा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । घर्तिगाउँबाट ओततर्फ बालुवा लियर जाँदै गरेको रा १ त १५०७ नम्बरको ट्याक्टर बुधबार साँझ दुर्घटना हुँदा उनीहरूको घटना स्थलमै मृत्यु भएको हो ।

दुर्घटनमा दाङको तुल्सिपुर उपमहानगरपालिका ७ का २९  वर्षीय आशाराम चौधरी र रोल्पाको गंगादेव गाउँपालिका १ का १६ वर्षीय डम्मर ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । 
माडी गाउँपालिका १ धाराबाङमा दुर्घटनामा परेको ट्याक्टर सडकबाट करिब ५०० मिटर तल खोलामा खसेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्