२६ जेठ २०८३, मंगलबार

आफूभन्दा जेठी प्रियंकामा के देखे निकले ?

आफूभन्दा जेठी प्रियंकामा के देखे निकले ?

काठमाडौं – बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसको प्रेमकथाले बलिउड तताएको छ । लामो समयसम्म डेट गरेपछि अहिले उनीहरूका बीच टीकाटालो भएको खबर छ । अनि अब दुवैको बिहेको अनुमान पनि गर्न थालिएको छ । 

निक र प्रियंकाले एक गीतमा सँगै काम गर्ने चर्चा पनि चलेको छ । गीतमा प्रियंकाले आफ्नो गायनकला पनि देखाउने अनि ग्ल्यामर पनि झल्काउने बताइएको छ । 

यी सबको अर्थ हुन्छ, निक र प्रियंका एकअर्काको प्रेममा चुर्लम्म डुबेका छन् । खासगरी निक प्रियंकाप्रति बढी अनुरक्त देखिन्छन् । 

निकले प्रियंका आफूलाई एकदम सुन्दर लाग्ने र उनको बुद्धिमत्ताबाट पनि आफू निकै प्रभावित रहेको बताउने गरेका छन् । प्रियंकाभित्र जादू र ऊर्जा भएकाले सबैजना उनीप्रति आकर्षित हुने निकको भनाइ छ । 

अनि प्रियंका साथी र परिवारमा पनि एकदम फिट हुने निकको भनाइ छ । त्यसैले आफूभन्दा जेठी भएपनि प्रियंकाप्रति निक आकर्षित भएको देखिन्छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्