१२ असार २०८३, शुक्रबार

काँग्रेस संसदीय दलको बैठकमा के भयो छलफल ?

काँग्रेस संसदीय दलको बैठकमा के भयो छलफल ?

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको बिहीबारको बैठकमा भएको घटनाका सम्बन्धमा छलफल गरेको छ । 

काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकमा मन्त्रीलाई प्रश्न सोध्न समय नपाएका सम्बन्धमा छलफल भएको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले बताए ।  प्रतिनिधिसभाको बिहीबारको बैठकमा काँग्रेसले गृहमन्त्री रामबहादुर थापाले बोलेका विषयमा प्रश्न सोध्न र थप जिज्ञासा राख्नका लागि माग गर्दा पनि समय नपाएको भन्दै बैठक बहिष्कार गरेको थियो । 

संसदीय दलको बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै प्रमुख सचेतक खाँणले भने, “मन्त्रीले वक्तव्य दिइसकेपछि सांसद्ले प्रश्न सोध्न पाउने र मन्त्रीले जवाफ दिनुपर्ने संसद् नियमावलीमा व्यवस्था छ तर सभामुखले समय माग गर्दा पनि हामीलाई समय दिनुभएन ।” 

काँग्रेस संसदीय दलको बैठक लम्बिएपछि बैठकबाटै प्रमुख सचेतक खाँणले टेलिफोनमा सभामुख कृृष्णबहादुर महरालाई आजको प्रतिनिधिसभाको बैठकमा काँग्रेस सांसद उपस्थित हुन असमर्थ भएको जानकारी दिएका थिए । सो जानकारीपछि प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर स्थगन गरिएको छ । 

काँग्रेसले सभामुखसँग थप छलफल गर्ने उनले बताए। 
 

salt training

कमेन्ट गर्नुहोस्