काठमाडौं– प्रधानसेनापति राजेन्द्र क्षत्रीले महांकालस्थित पुनः निर्मित त्रिचन्द्र मिलिटरी अस्पताल भवनमा स्वास्थ्य सेवा सञ्चालन शुभारम्भ कार्यक्रमको समुद्घाटन गरेका छन् ।
पुनः निर्मित भवनमा डेन्टल सेवा आजबाट शुभारम्भ गरि बहालवाला तथा कल्याणकारी हिताधिकारीहरुलाई उपचार गर्ने व्यवस्था मिलाईएको नेपाली सेनाले जनाएको छ ।
यस्तै इमरजेन्सी, फार्मेसी, पेडियाट्रिक, फिजियोथेरापी, प्याथालोजी र रेडियोलोजी सेवाहरु विस्तार गर्दै लगिने सेनको योजना रहेको छ ।
उक्त उद्घाटन कार्यक्रममा नेपाली सेनाका रथी, स्वास्थ्य मन्त्रालयका सह–सचिव डा. तारानाथ पोखरेल, त्रिचन्द्र मिलिटरी अस्पतालका पूर्व कमाण्डान्टहरु, अधिकृत, पदिक तथा अन्यदर्जाहरुको उपस्थिति रहेको थियो ।