१९ असार २०८३, शुक्रबार

प्रधानन्यायाधीशमा जोशीको नाम दुई तिहाइले अस्वीकार भएपछि बोल्यो बार

प्रधानन्यायाधीशमा जोशीको नाम दुई तिहाइले अस्वीकार भएपछि बोल्यो बार

काठमाडौँ– नेपाल बार एशोसिएशनले संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम दुई तिहाइले अस्वीकार गरेकोप्रति बार स्तब्ध भएको जनाएको छ । 

बारका महासचिव खम्मबहादुर खातीले आज जारी गरेको प्रेस विज्ञप्तिमा जोशीको नाम समितिको दुई तिहाइबाट अस्वीकार गरेर कानून र विधिको शासनको उपहास गरेको उल्लेख छ । 

विज्ञप्तिमा समितिको निर्णयले न्यायालयमाथि ठाडो हस्तक्षेप गरेको र नागरिकको एक मात्र आस्थाको धरोहरका रुपमा रहेको न्यायालयप्रति योजनाबद्ध रुपमा प्रहार भएको उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्