१६ असार २०८३, मंगलबार

पाकिस्तान : एकैरातमा १२ विद्यालयमा आक्रमण, सरकारद्वारा अनुसन्धान शुरु

पाकिस्तान : एकैरातमा १२ विद्यालयमा आक्रमण, सरकारद्वारा अनुसन्धान शुरु

इस्लामावाद- पाकिस्तानको उत्तरी गिल्गीत बालटिस्तान क्षेत्रमा रहेका १२ ओटा विद्यालयमा आक्रमण भएको छ । अज्ञात आक्रमणकारीहरुले एकैरातमा ती विद्यालयहरुमा हिंसात्मक हमला गरेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । 

तुलनात्मक रुपमा अन्य क्षेत्र भन्दा बढी शान्त मानिने बाल्टिस्तानमा अहिले अतिवादीहरुको गतिविधि बढेको अधिकारीहरूले शुक्रबार बताएका छन् । उनीहरुले आक्रमणमा परी कुनै मानवीय क्षति भने नभएको जनाएका छन् । आक्रमणकारीहरुले विषेश गरेर छात्रा विद्यालयहरुलाई बढी लक्षित गरेको देखिएको छ । 

“आक्रमणकारीहरुले डाइमिर जिल्लामा रहेका १२ ओटा विद्यालयहरुलाई ध्वस्त पार्ने प्रयास गरेका छन्,” क्षेत्रीय गृह सचिव जवाद अक्रामले भन्नुभयो । उहाँले एएफपीसँग थप भन्नुभयो, “आक्रमणकारीहरुले ती विद्यालयहरु मध्ये केही विद्यालयमा आगलागी समेत गराउने प्रयास गरेका थिए भने कतिपयमा विद्यालयको झ्याल तथा ढोका फोडेका छन् ।” 

गृह सचिव जवादले घटनाका बारेमा स्थानीय सरकारले अनुसन्धान सुरु गरिसकेको जानकारी पनि दिनुभएको छ । पाकिस्तानको गिल्गीत बालटिस्तान तुलनात्मक रुपमा अन्य ठाउँ भन्दा कम हिंसा प्रभावित ठाउँ मानिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्