
काठमाडौँ– साउन महिनामा मनाइने पशुपति क्षेत्रको गुँलापर्व लोप भएको छ । पशुपति क्षेत्रमा गुरुयोजना लागू गर्दा वस्ती हटाएपछि यो पर्व लोप हुन गएको हो ।
गुँलापर्वमा एकमहिनासम्म यस क्षेत्रका सबै स्थानीय भेला भई देवस्थल परिक्रमा गरेर मनाउने चलन थियो । अहिले पर्वमा गरिने दाफ भजन मात्र जसोतसो चलिरहेको छ ।
स्थानीय श्रीकृष्ण डङ्गोलका अनुसार गुँलापर्व सञ्चालन गर्न कतैबाट पनि सहयोग नभएको स्थानीय वासिन्दाको गुनासो छ ।