३१ जेठ २०८३, आइतबार

वकिलको सल्लाहमा यी व्यक्तिले चोर्ने गर्थे एटीएम

वकिलको सल्लाहमा यी व्यक्तिले चोर्ने गर्थे एटीएम

काठमाडौं – एटीएम चोर्ने र त्यसलाई फुटाउनुअघि चोरलाई सजायका बारेमा थाहा हुन्छ । केही दिनयता एटीएम चोरेको आरोपमा पक्राउ परेका एक व्यक्तिले घटना गराउनुअघि वकिललाई सम्पर्क गरेको खुलासा गरेका छन् ।

त्यसपछि उनले गार्ड नबसेको एटीएम बूथलाई टार्गेट गर्न शुरू गरे । सजाय कम होस् र जमानत पनि छिट्टै पाइयोस् भनी उनले वकिलको सल्लाह लिएका थिए । डकैतीको साटो आफ्नो विरुद्ध चोरीको एफआईआर दर्ता गराउने उनको लक्ष्य हुन्थ्यो । 

क्राइम ब्रान्चका सूत्रहरूले गुडगाँवमा पछिल्ला १० महिनामा एटीएम चोरीका दुई दर्जन घटना भएको बताए । लगभग हरेक घटनामा एटीएममा सेक्युरिटी गार्ड उपस्थित थिएन । 

एटीएम चोरी गिरोह पहिला फरक फरक क्षेत्रमा रेकी गर्थ्यो र एटीएममा राति गार्ड नहुँदा घटना गराउँथ्यो ।

एटीएम चोर्ने एक व्यक्तिलाई पक्रेर प्रहरीले सोधपुछ गर्दा उनले वकिलसँग कानूनी जानकारी प्राप्त गरेको बताए । चोरी तथा डकैतीको मुद्दामा सजाय एकदमै फरक छ । त्यसैले चोरी गर्ने मात्र उसको लक्ष्य हुन्थ्यो । चोरीमा पक्राउ पर्दा कम
सजायको प्रावधान छ । 

गुडगाँव अदालतका वकिल दिलबाग सिंह यादवले बताएअनुसार, चोरीको मुद्दामा अधिकतम तीन वर्षको सजाय हुन्छ । जमानत तीन महिनामा पाइन्छ ।

डकैतीमा चाहिँ जिल्ला अदालतबाट जमानत पाइँदैन । जन्मकैदको सजाय हुनसक्छ । सेसन्स कोर्टमा यसको पुर्पक्ष हुन्छ र जमानत उच्च अदालतबाट मात्र पाइन्छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्