११ असार २०८३, बिहीबार

स्विट्जरल्यान्डमा विमान दुर्घटना, कैयौंको मृत्यु

स्विट्जरल्यान्डमा विमान दुर्घटना, कैयौंको मृत्यु

काठमाडौं – स्विट्जरल्यान्डको मध्यभागमा एक सानो विमान दुर्घटना हुँदा कैयौं मानिस मारिएका छन् । 

स्विस प्रहरीका अनुसार, विमान शनिवार बिहान हर्गिसविल शहरनजिक एक जंगलमा खसेको थियो । भुइँमा ठोक्किनेबित्तिकै त्यसबाट आगो निस्केको थियो । 

आगो निभाउनका लागि तत्कालै एउटा हेलिकप्टरलाई पानीसहित पठाइएको थियो । उद्धारकर्मीहरू पछि दुर्घटनास्थल पुगेका थिए । 

अधिकारीहरूले मृतकको संख्या र पहिचान पुष्टि गर्न सकेका छैनन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्