१७ असार २०८३, बुधबार

चीनमा बाढीका कारण २० जनाको मृत्यु

चीनमा बाढीका कारण २० जनाको मृत्यु

काठमाडौं – मुसलधारे पानी परेपछि चीनको पश्चिमी भागमा बाढी आएपछि २० जनाको मृत्यु भएको छ । आठजना बेपत्ता छन् ।

सरकारी सञ्चारमाध्यमले शनिवार जनाएअनुसार, आठ हजार ७०० भन्दा बढी घर, कृषियोग्य भूमि, रेलमार्ग, बिजुली र सञ्चार सुविधा बाढीमा क्षतिग्रस्त भएका छन् । 

चीनमा अहिले बाढीले निकै क्षति पु–याइरहेको छ । 

सिन्ह्वाले शिनजियाङ उइगुर स्वायत्त क्षेत्रमा यही हप्ता २० जनाको मृत्यु भएको र किनचेङ शहरमा आठजना हराइरहेको जनाएको छ । 

साउन १५ गते भारी बर्खा भएको थियो । एक घन्टामा ११० मिलिमिटर वर्षा भएको थियो । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्