११ असार २०८३, बिहीबार

'प्रेमगीत जोडी' प्रदीप र पूजाको भिडन्त !

'प्रेमगीत जोडी' प्रदीप र पूजाको भिडन्त !

प्रेम गीत फेम जोडी प्रदीप खड्का र पूजा शर्मा अभिनित दुई चलचित्र एकै मितिमा प्रर्दशन हुने पक्का भएको छ ।

प्रदीपको रोजी र पूजाको रामकहानी एकै मितिमा प्रर्दशन हुने पक्का भएको हो । उनिहरुको चलचित्र भदौ २२ मा जुध्नेछन् । अहिलेसम्म प्रदीपको रोजीका खासै सामाग्री आएका छैनन् भने रामकहानीको प्रोमो, गीत तथा पोस्टर सार्वजनिक भइसकेका छन् ।

यद्यपि अहिले सिनेवृत्तमा पूजाको भन्दा अत्याधिक धेरै फ्यान फलोइङ भएका प्रदीपको चलचित्रको चर्चा भने निकै छ ।

एक सत्य घटनामा आधारित रहेर निर्माण गरिएको भन्दै रोजीको चलचित्र छायाङ्कन गएदेखि नै चर्चा थियो ।

सुर्दशन थापा निर्देशित चलचित्र रामकहानी र निरक पौडेल निर्देशित रोजीमा कुन सफल हुन्छ भन्ने कुरा चलचित्र प्रर्दशनमा आएपछि थाहा होला ।

यद्यपि नेपाली चलचित्र क्षेत्रका पण्डित भन्छन्, ‘प्रदीपको रोजीसँग रामकहानीको खासै प्रतिस्पर्धा हुने छैन । रामकहानीभन्दा रोजीमा दर्शक बढी आउनेछन्, व्यापार रोजीकै बढी हुनेछ ।’

रामकहानी’ र रोजीमा कसले मार्ला त बाजी ? त्यो भने भदौ २२ मै थाहा हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्