१० असार २०८३, बुधबार

नेपाली सेनाका जवानको मृत्यु

साउन २०, २०७५
नेपाली सेनाका जवानको मृत्यु

बैतडी– ढुंगाले लागेर बैतडीमा आज एक सैनिक जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–४ कपिन्ना जसमलाका ३० वर्षीय नारायणदत्त भट्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए । 

गाउँ नजिकै रहेको पानीको मुहानमा पाइप जोडिरहेका बेला माथि भिरबाट खसेको ढुंगाले लागेर भट्टको मृत्यु भएको हो । दिउँसो १२ः४५ बजेतिर पाइप जोडिरहेका बेला मुहानको माथिबाट खसेको ढुंगाले भट्टको टाउकोमा लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

बिदामा घर आएका भट्ट नेपाली सेनाका चार नम्बर बाहिनी नेपालगञ्जमा कार्यरत थिए । 

salt training

कमेन्ट गर्नुहोस्