काठमाडौं– प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग इन्डो–प्यासिफिक कमाण्डका डेपुटी कमान्डर ब्रयान फेण्टोनले आइतबार जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गरेका छन् ।
उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति क्षत्री र फेण्टेनबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको थियो ।
भेटका क्रममा फेण्टोनले प्रधानसेनापति क्षत्रीलाई अमेरिकी आर्मीको तर्फबाट डिग्री अफ कमााण्डरको पदक समेत प्रदान गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
फेन्टेान तीन सदस्यीय भ्रमणदलको साथ दुई दिने भ्रमणको लागि आजै काठमाण्डौं आएका हुन् ।