०५ असार २०८३, शुक्रबार

संसद भवनमा जब तानाशाह हिटलरको प्रवेश भयो...

संसद भवनमा जब तानाशाह हिटलरको प्रवेश भयो...

संसदमा आफ्नो अलग पहिचानका कारण चर्चामा रहने गरेका एक भारतीय सांसद फेरि सामाजिक सञ्जालमा चर्चाको पात्र बनेका छन् । 

भारतीय दल टीडीपीका सांसद एन शिवप्रसाद विहीवार जर्मनीका तानाशाह हिटलरको रुप धारण गरेर संसदमा पुगेका हुन् । 

संसदमा आन्ध्र प्रदेशका लागि विशेष राज्यको मान्यताको माग गर्दै प्रदर्शनका साथ टीडीपी सांसद अलग अलग पहिरनमा केन्द्रित हुने गरेका छन् । 

टीडीपी सांसद यस अघि आन्ध प्रेदेशको पारम्परिक साडीमा महिलाको भेषमा आएका थिए । 

त्यस्तै उनी स्कूले विद्यार्थी, नारद मुनी जस्ता कयौं रुपमा देखिएका छन् । उनी तान्त्रिकको रुपमा पनि एक पटक संसदमा पुगेका थिए ।

एन शिवप्रसाद राजनीतिमा आउनुभन्दा पहिला अनियको दुनियामा काम गर्थे । आन्ध्र प्रदेशमा चर्चित अभिनेतामध्ये उनी पनि पर्थे । कालो धनको विरोध गर्दै उनी संसदमा आधा सेतो र आधा कालो सर्ट लगाएर संसदमा पुगेका थिए जसको निकै प्रशंसा पनि भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्