०९ असार २०८३, मंगलबार

गुणस्तरबमोजिम काम नगर्ने यी चार उद्योग कारबाहीमा

गुणस्तरबमोजिम काम नगर्ने यी चार उद्योग कारबाहीमा

काठमाडौँ- नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरबमोजिम नभएका चार उद्योगलाई कारबाही गरेको छ । 

विभागले आज गुणस्तरबमोजिम उत्पादन नगर्ने नारायणी सिमेन्ट उद्योग प्रालि बारा, नारायणी माइक्रो पाइप उद्योग प्रालि बारा, नवनेपाल प्लाष्ट्रिक प्रालि रुपन्देही र ओडट फुड एण्ड विभरेज प्रालि काठमाडौँलाई कारबाही गरेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले कारबाही गरिएका उद्योग गुणस्तरबमोजिम नरहेकाले कारबाही गरिएको जानकारी दिनुभयो । 

नारायणी सिमेन्ट उद्योग प्रालि बाराबाट उत्पादित सिमेन्ट नेपाल गुणस्तरबमोजिम नरहेको, नारायणी माइक्रो पाइप उद्योग प्रालिले गुणस्तरबमोजिम पाइप उत्पादन नगरेको, नवनेपाल प्लाष्ट्रिक प्रालि रुपन्देहीले नेपाल गुणस्तर बर्खिलाप हुनेगरी सेतो दाना प्रयोग गरेको र ओडट फुड एण्ड विभरेज प्रालि काठमाडौँले नेपाल गुणस्तर चिह्न अनुचित प्रयोग गरेकाले कारबाही गरेको हो । 

जसमध्ये तीन उद्योगको इजाजतपत्र स्थगन गर्नुका साथै ओडट फुड एण्ड विभरेज प्रालि काठमाडौँलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँमा मुद्दा दायर गरेको विभागले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्