१२ असार २०८३, शुक्रबार

विराट मेडिकल कलेजमा सुत्केरीको मृत्यु

विराट मेडिकल कलेजमा सुत्केरीको मृत्यु

विराटनगर-मोरङको टंकिसिनवारीमा रहेकोे विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा एक सुत्केरी महिलाको ज्यान गएको छ । 

सुनसरीको इटहरी उपमहानगरपालिका– १३ खनारकी २५ वर्षिया सगिरा खातुनको अस्पतालकाे लापरवाहीले  ज्यान गएको मृतकका आफन्तको आरोप छ ।

विरामीको मृत्युपछि आक्रोशित आफन्तको नारावाजीका कारण अस्पताल बिहिबार  दिनभर तनावग्रस्त बन्यो । 

पीडितका आफन्तहरुले लापरबाही गर्ने चिकित्सकलाई कारवाही नगरे आन्दोलनमा उत्रिने मृतकका काका ससुरा रहमल मियाँले बताए ।

 चिकित्सवको लापरबाहीले सुत्केरीको मृत्यु भएपछि पीडितहरुको आक्रोसित भिड नियन्त्रण गर्न मोरङ प्रहरीले ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ । मोरङ प्रहरीले प्रहरी निरीक्षको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गरेको हो ।

सामान्य पेट दुखेपछि साउन १७ गते खातुनलाई आफन्तले विराट  हस्पिटलमा भर्ना गराएका थिए । ‘सामान्य पेट दुखो भनेर हस्पिटल लगेको थियौँं,’ मृतकका काका ससुरा रहमलले भने, ‘८ महिनाको गर्भ रहेको बुहारीको चिकित्सकले भर्ना गरेकै दिन शल्यक्रिया गरिदिए ।’

लापरवाही गर्ने चिकित्सवलाई कानुनी रुपमा कारवाही गर्नुपर्ने उनीहरुको माग छ । हस्पिटलको स्त्री रोग तथा प्रसूती रोग विशेषज्ञ डा. हनुनी प्रसाद पोखरेलको टिमले सगिराको उपचार गरेका थिए ।

अस्पताल व्यवस्थापक अरविन्द्र मण्डलले विरामीलाई इन्फेक्सन भएर आमा र बच्चाको अवस्था खतरा भएको कारणले आफन्तको सल्लाहमा शल्यक्रिया गरेको बताए । 

 उनले भने, ‘विरामी भएकी खातुनलाई ‘एक्मसिया’ देखियो । एक्मसिया हुँदा शल्यक्रिया गरिएन भने विरामीको मृत्युसम्म हुन सक्छ,’ उनले भने । अपरेशन पनि पनि स्वास्थ्यमा कुनै सुधार हुन नसकि मृत्यु हुन पुगेको अवस्थाको दाबी छ ।    नवजात शिशु छोरी भने सकुलस रहेको अस्पतालले जनाएको छ ।

दुई महिना अगाडी समेत यस अस्पतालमा एक जना सुत्केरी महिलाको मृत्यु भएको थियो । दुहबी ९ सोनापुर घर भएकी रफीद मियाँको छोरीको मृत्यु भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्