१२ असार २०८३, शुक्रबार

इरानले उत्तर कोरियालाई भन्यो, अमेरिका विश्वासयोग्य छैन

इरानले उत्तर कोरियालाई भन्यो, अमेरिका विश्वासयोग्य छैन

काठमाडौं – इरानका राष्ट्रपति हसन रूहानीले उत्तर कोरियाका परराष्ट्रमन्त्रीलाई अमेरिका विश्वासयोग्य नभएको बताएका छन् । 

सन् २०१५ को परमाणु सन्धिबाट अमेरिका अलग्गिएपछि इरानमा नयाँ प्रतिबन्ध लगाइएको हो । अमेरिका आणविक निःशस्त्रीकरणका लागि नै उत्तर कोरियासँग कुराकानी गरिहरेको छ । 

यसअघि इरानले वाशिङटनका तर्फबाट आएको कुराकानी प्रस्ताव लत्याएको थियो । ट्रम्प प्रशासन आणविक सम्झौताबाट बाहिरिएपछि कुराकानी गर्न नसकिने उसको भनाइ छ ।

उत्तर कोरियाका परराष्ट्रमन्त्री री योङ होले अमेरिकाद्वारा इरानमा नयाँ प्रतिबन्ध लगाएपछि तेहरान यात्रा गरेका हुन् । 

इरानको इस्लामिक गणतन्त्र समाचार संस्थाका अनुसार, रूहानीले रीलाई भने, ‘हालैका वर्षमा अमेरिकी प्रशासनको प्रदर्शनले उक्त देशलाई संसारको नजरमा अविश्वसनीय बनाएको छ । ऊ आफ्ना कुनै पनि दायित्व पूरा गर्दैन ।’

इरानको समाचार संस्थाका अनुसार, उत्तर कोरियाका परराष्ट्रमन्त्रीले पनि आणविक सन्धिबाट अमेरिका अलग्गिनु अन्तर्राष्ट्रिय नियम र कानूनको उल्लंघन भएको बताएका छन् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्