१२ असार २०८३, शुक्रबार

भक्तहरूले दान दिएको पैसाले जेट विमान किनेर विलासी जीवन बिताउने भिक्षुलाई कारावास सजाय

भक्तहरूले दान दिएको पैसाले जेट विमान किनेर विलासी जीवन बिताउने भिक्षुलाई कारावास सजाय

काठमाडौं – थाइल्यान्डको एक अदालतले अमेरिकाबाट सुपुर्दगी भएको एक वर्षपछि एक पूर्व बौद्ध भिक्षुलाई ११४ वर्षको कारावास सजाय दिएको छ । 

विराफोन सुकफोन नामक पूर्वभिक्षुले सन् २०१३ मा निजी जेटमा डिजाइनर कालो चश्मा र लुई भुइटोनको ब्याग बोकेको तस्वीर सार्वजनिक भएपछि विवाद उठेको थियो । 

विवाद आएपछि ३९ वर्षीय सुकफोन अमेरिका भागेका थिए । नाबालिकामाथि बलात्कार र भक्तहरूको दानमा चलखेल गरेको आरोपलाई उनलाई अमेरिकाबाट झिकाइएको थियो । 

दान दिनेहरूले संसारको सबभन्दा ठूलो बौद्ध प्रतिमा बनाउनका लागि उसलाई धन दिएका थिए । उसले त्यही पैसाले विलासी गाडीहरू किनेको अनि अनेकौं बैंक खातामा सात लाख डलर धनराशि जम्मा गरेको थियो । 

बैंककको एक अदालतका अधिकारीले सुकफोनलाई सम्पत्ति शुद्धीकरण, ठगी अनि अन्लाइन चन्दा संकलन गरेकाले साइबर क्राइम ऐन उल्लंघनको दोषी पाइएको बताए । 

ती अधिकारीले भने, ‘न्यायाधीशहरूले उनलाई दोषी ठह¥याए र ११४ वर्षको कारावास सजाय सुनाए ।’

सुकफोनले २९ दाताको आठ लाख ६१ हजार ७०० डलर पनि फर्काउनुपर्ने हुन्छ । एक सरकारी अभियोजनकर्ताले बताएअनुसार, बलात्कारको मुद्दामा अक्टोबरमा फैसला आउने सम्भावना छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्