२४ जेठ २०८३, आइतबार

प्रसिद्ध रेडियोकर्मी तथा साहित्यकार यज्ञनिधि दाहालको निधन

प्रसिद्ध रेडियोकर्मी तथा साहित्यकार यज्ञनिधि दाहालको निधन

काठमाडौं– प्रसिद्ध रेडियोकर्मी तथा साहित्यकार यज्ञनिधि दाहालको निधन भएको छ । लामो समयदेखि मिर्गौलासम्बन्धी रोगबाट पीडित बनेका दाहालको शुक्रवार निधन भएको हो । 

बुधवार डायलासिस गर्न राष्ट्रिय मिर्गौला रोग उपचार केन्द्रमा पुगेका दाहाल अचेत भएपछि काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । 

अन्नपूर्णमा २ दिन उपचार गरिएपछि शुक्रवार विहान दाहाललाई ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा रिफर गरिएको थियो । दाहालको शुक्रवार साँझ सुमेरु अस्पतालमै निधन भएको पारिवारि स्रोतले जनाएको छ । 

दुवै मिर्गाैलाले काम नगरेपछि दाहालले २०५७ सालको फागुनमा मिर्गौला प्रत्यारोपण गराएका थिए । फेरेको मिर्गौलाले पनि काम नगरेपछि २०६८ साउन २२ गतेयता उनी हप्तामा तीन दिन डायलासिस गराउँदै आएका थिए । 

२०१० मा खोटाङमा जन्मिएका दहालले रेडियो नेपालमा चलाएको साहित्यिक कार्यक्रम ‘साहित्य संसार’ नेपालीमाझ लोकप्रिय थियो । 

salt training

कमेन्ट गर्नुहोस्