१६ असार २०८३, मंगलबार

वर्षा र तापक्रम नमिल्दा तरकारी खेतीमा ढुसीजन्य रोगकाे आक्रमण

वर्षा र तापक्रम नमिल्दा तरकारी खेतीमा ढुसीजन्य रोगकाे आक्रमण

ललितपुर- तापक्रम र वर्षा घटबढ हुँदा तरकारीमा ढुसीजन्य रोगले असर गरेको पाइएको छ । नेपाल कृषि अनुसन्धान परिषद्(नार्क) अन्तर्गतको बाली रोग विज्ञान महाशाखाले गरेको अध्ययनले तरकारीखेतीमा वर्षा र तापक्रम दुवै ठिक्क मात्रामा नहुँदा ढुसीजन्य रोगले आक्रमण गरेको भेटिएकोे हो । 

न्यानो र चिस्यान बढी हुँदा ढुसी मौलाउने गरेको महाशाखामा कार्यरत वैज्ञानिक चेतना मानन्धरले बताउनुभयो । माटोमा खाद्य पदार्थको मात्रा कम हुँदा पनि रोग सक्रिय हुने सम्भावना बढी रहन्छ । उहाँले भन्नुभयो, “बोटबिरुवाका लागि नभई नहुने तत्व नाइट्रोजन, फोस्फरस र पोटासियम कम हुँदा पनि रोगले आक्रमण गर्दछ ।” 

तरकारीखेतीमा राइजोक्टोनिया नामक ढुसी जनित रोग यस्ताखेती गरिने अधिकांश जिल्लामा पाइएको उहाँले बताउनुभयो । यो ढुसीका कारण सतप्रतिशतसम्म बाली नोक्सान भएको पाइएको छ । उहाँले भन्नुभयो, “यो जीवाणुले बोटबिरुवामा आक्रमण गरेपछि बिरुवा ख्याउटै बन्दै गएर उत्पादनसमेत ठप्प हुन सक्छ ।” अनुकूल मौसमसँगै रोग लाग्ने जात र सशक्त जीवाणुको उपस्थिति रोग फैलनुको कारण बनेका छन् । 

तरकारीबालीमा पानी हाल्दा पानीको निकासमा ध्यान दिन र आवश्यकताभन्दा बढी पानी हुन नदिन सल्लाह दिँदै वैज्ञानिक मानन्धरले भन्नुभयो, “आवश्यकताभन्दा बढी पानी हुन नदिनका लागि सकेसम्म साझँमा पानी दिनु हुँदैन ।” रोगको जीवाणु पानीबाट पनि सर्ने हुनाले रोगग्रस्त क्षेत्रमा सिँचित पानी रोग नलागेको क्षेत्रमा लैजान हुँदैन ।

ड्याङमा बाली लगाउने, घुम्ती बाली लगाउने, आवश्यक मात्रामा मलको प्रयोगले र खेतीबारीको सरसफाइले रोग लाग्ने सम्भावना कम गर्न सकिन्छ । नेपालमा झण्डै एक दशक पहिलेबाट यो रोग देखिन थालेको हो । 

salt training

कमेन्ट गर्नुहोस्