२५ जेठ २०८३, सोमबार

राष्ट्रसंघले चीनमाथि लगायो यस्तो आरोप !

राष्ट्रसंघले चीनमाथि लगायो यस्तो आरोप !

काठमाडौं– संयुक्त राष्ट्रसंघको मानवअधिकार समितिले चीन सरकारले लाखौं उइङ्गुर मुस्लिमलाई अतिवादी भन्दै नियन्त्रणमा राखेको आरोप लगाएको छ । 

एम्नेष्टि ईन्टरनेशनल, तथा ह्युमन राईट्स वाचले राष्ट्रसंघको सम्मेलनमा चीनको सामूहिक कारावासमा उइङ्गुर समुदायलाई राखिएको प्रतिवेदन पेश गरेको बीबीसीले उल्लेख गरेको छ ।

चीनमा मानवअधिकारको अवस्था बारे भएको दुई दिने कार्यक्रममा उइङ्गुर बाहुल्य क्षेत्र नजरबन्द शिविरमा परिणत भएको दाबी गरिएको छ । 

जातिय भेदभाव विरुद्धको संयुक्त राष्ट्रसंघको समितिका सदस्य गे मेक डवेलले उइङ्गुर मुस्लिमको अवस्था प्रति चिन्ता व्यक्त गरे ।

सम्मेलनमा उठेका प्रश्न बारे बेईजिङले कुनै जवाफ दिएको छैन । चीनको सिन्निजयाङमा उइंगुर मुस्लिम अल्पसंख्यक समुदायको जनसंख्या ४५ प्रतिशत छ ।

salt training

कमेन्ट गर्नुहोस्