असोज ६, २०८०
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
जनकपुरधाम – माघ महिनाको कठ्यांग्रिने शीतलहरमा प्रायः सबै मानिस घरमै सुतिरहन मन पराउँछन् । तर, ७ देखि ८ वर्षको उमेरका २ बालक रामचन्द्र मल्लिक र भोला भनिने राजेन्द्र शम्सानघाट निस्कन्छन् ‘भाव’को खोजीमा ।
बिहान ४ बजे नै शम्सानघाट पुगेका ती २ बालक जनकपुरधामको ऐतिहासिक रंगभूमि मैदान बाह्रविघास्थित शम्सानघाटमा प्रकृति निरीक्षण गर्छन् । घण्टा, २ घण्टा बित्छ । सूर्योदय हुन्छ, अनि भोलाको मुखबाट निस्कन्छ ‘मेरे मन मे एक भाव आया, प्रातः समय देखा रवि गोला’ ।
अर्को पंक्तिको खोजीमा घण्टौं बिताउँछन् र रित्तो हात घर फर्किन्छन् । उनलाई भारत विरौलीका शिक्षक ‘विन्देश्वर मास्टर साहेब’ले कविता लेख्नका लागि उपाय सुझाएका थिए, ‘ऐसा करो कि किसी निर्जन स्थानमे प्रकृति के गोद मे जाओ, निरीक्षण करो, वहाँ भाव उत्पन्न होंगे और लिख डालो कविता ।’ भोला एउटा पंक्ति लिएर मास्टर साहेव कहाँ नै फर्किए । मास्टर साहेबले भोलालाई कुट्दै ‘जैसा रामचन्द्र, वैसा भोला’ भनेर दोस्रो पंक्ति थपिदिन्छन् ।
सन् १९४७ मार्च २६ मा जनकपुरको देवी चोकमा जन्मिएका राजेन्द्र विमलको बाल्यकालदेखि नै साहित्यप्रति रुचि थियो । घरमै काका युगेश्वर लाभले प्राथमिक शिक्षा दिएका कारण ५ वर्षको उमेरमा सरस्वती माध्यमिक विद्यालयमा एकै पटक ५ कक्षामा नामांकन गराएका विमलले विक्रम सम्वत् २०१८ सालमा एसएलसी, २०२० सालमा आइए र त्यसपछि बीए उत्तीर्ण गरेका थिए ।
१० वर्षकै उमेरमा सरस्वती स्कूलमा आयोजना हुने सांस्कृतिक गोष्ठीमा हरिमोहन बाबु स्टाइलको मैथिली तथा प्रेमचन्द्र बाबु स्टाइलको हिन्दीका साना–साना कथा सुनाउने गर्थे । त्यसबेला उनले विद्यालयमा सुनाएका ‘गरीब तेरा ठिकाना नही’ हिन्दी कथा अहिले पनि याद रहेको विमल सम्झिन्छन् ।
कुनै पनि चराचुरुङ्गी मर्दा २–३ दिनसम्म खाना समेत नखाने विमलसहित अरु ४ जना साथी रामचन्द्र मल्लिक, सूर्य नारायण दत्त, कौशल किशोर लाल, बौवा लाल भक्कानिँदै ठूल्ठूलो स्वरमा रुने गर्थे ।
जानकी मन्दिरमा रहेको जानकी बाग, हनुमान बाग (जो अहिले लोप भइसकेको छ) तथा बाह्रविघा मैदानमा दिनहुँ कुनै न कुनै चरा मर्थे र चारै जना साथीहरू रुँदै कराउदै मृत चराको संस्कार गर्थे । भिख मागेर केही पैसा जुटाएर मृत चराको श्राद्व गर्दथे । र, जम्मा भएका बच्चासँगै भोज समेत गर्थे । मिथिलामा श्राद्धपछि भोज गर्ने परम्परा छ ।
राति स्यालले हुइयाँ–हुइयाँ गर्दा विमल आफ्नी आमालाई सोध्ने गर्थे, ‘त्यो स्यालले के भनेको हो ?’ अनि आमा भन्थिन्, ‘स्यालले मलाई गुद्री (झुत्रा–झुत्री) दे भन्छन् ।’ विमल त्यसपछि बुवाको सर्टको गोजीबाट १ रुपैयाँ सुटुक्क चोरेर स्याल बस्ने दुलो (प्वाल) मा गएर त्यो १ रुपैयाँ राखिदिन्थे । र, भन्थे, ‘गुद्री पनि किनिहाल्नु र खाना पनि खाइहाल्नु ।’
यी कुराको नियति नै बनेकाले विद्यालय नजाने विमल सधैं आफ्ना शिक्षकबाट बेस्सरी कुटाई खान्थे । कुटाइबाट पीडा असह्य भएपछि विमलले हिन्दीमा कविता नै लेखिहाले ।
‘अब दुःख सहा नहिं जाता विधाता,
घर मे जो आता तो पिटाई मैं खाता,
स्कूल मे मास्टर पिटाता, विधाता’
कविता लेखेर शिक्षकलाई सुनाएपछि त झन् कुटाइ खाने विमलको कलमबाट बिस्तारै परिपक्व रचना जन्मिन थाले । भारत पैन्चोभका अर्का शिक्षक ‘जिवछ बाबु’ पनि विमललाई कुट्ने गर्थे । उनीप्रति पनि विमलले मैथिलीमा बाल्यकालमै कविता लेखेका थिए ।
‘छैथ जिवछ बाबु गुरु हमर
पहिरैथ सदखैन ओ चश्मा छैथ
खाधी कुर्ता खाधी धोती लय कोख सतत
मोटका डन्टा कोख राखैत
मोटका पोथी जखने आवैथ ओ डन्टा लए
घुसिया जाइत छी बेन्च तर
छैथ जिवछ बाबु गुरु हमर’
सांस्कृतिक गोष्ठीमा विमलले उक्त कविता सुनाएपछि जिवछ मास्टर साहेबले उनलाई यति कुटे कि विमलले पाइन्टमै पिशाब गरे ।
सन् १९५९ मा भारतीय पत्रिका आर्याव्रतमा हिन्दीमा ‘खटमल और जोंक’ बालकथा र १९६२ मा ‘कचनारका पेड’ छापियो । जुन धेरै लोकप्रिय भएको थियो । पटनाबाट प्रकाशित मिथिलामिरमा ‘मुइल बच्चा’ छापियो ।
साहित्यको वातावरण जनकपुरमा दूरदराजसम्म पनि नभएको बेला डा. धीरेन्द्र जनकपुर आएपछि उनले सिकाएको गुणलाई बिर्सिए घोर अपराध हुने भन्दै विमल भन्छन्, ‘मेरो लागि डा. धीरेन्द्रको भूमिका विवेकानन्द सरह नै छ, उहाँले पुस्तक दिएर साहित्य लेखनमा परिपक्वता कसरी ल्याउने कुरा मात्र सिकाउनुभएन, आफूले लेखेको रचना भारतका पत्रपत्रिकामा प्रकाशित समेत गर्न लगाउनु हुन्थ्यो ।’
मैले लेखेको उपन्यास ‘पतझरक कली’ सम्पादनका लागि भारतीय साहित्यकार धुमकेतुलाई दिएको तर नष्ट भएकोमा विमल दुःखी छन् । त्यही वर्ष अर्को उपन्यास ‘चान आहाँ उदास छी’ सम्पादनका लागि डा. धीरेन्द्रलाई दिएको तर उक्त उपन्यास सुरक्षितै रहेको धीरेन्द्रका छोरा पुटुलले जानकारी दिएको भएपनि अप्रकाशित नै रहेको विमलको भनाई छ ।
नेपाली समालोचक घटराज भट्टराईलाई दिएको ‘रोएको जून’ र ‘खहरेको तिर्खा’, नरनारी प्रकाशनलाई पठाएको ‘आग का समन्दर’ नष्ट गरियो । डायमण्ड शम्सेरको उपन्यास ‘बसन्ती’ आफैंले हिन्दी अनुवाद गरेको भएपनि मगध विश्वविद्यालय पटनाका प्राध्यापक डा. दिनानाथ शरणले आफ्नो नाम दिएर भूमिका समेत चर्चा नगरेकोमा विमल अत्यन्त दुःखी छन् ।
विद्यार्थी कालमा घर परिवारको आर्थिक अवस्था त्यति सम्पन्न नभएकाले सन् १९६९ मा हिन्दी भाषामा स्नातकोत्तर गरेका थिए । पछि बनारस हिन्दू विश्वविद्यालयबाट भाषा विज्ञानमा उनले विद्यावारिधि गरे ।
नेपाली र मैथिली भाषामा समेत स्नात्तकोत्तर उत्तीर्ण गरेका विमल प्राध्यापन पेशामा लाग्नुअघि पत्रकारिता पेशामा आवद्ध थिए । विक्रम सम्वत् २०२९ सालमा त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसको बुलेटिनका संस्थापक सम्पादक थिए उनी । अंग्रेजीमा ‘जर्नल अफ दी युनिभर्सिटी’का लागि विमल कार्यकारी सम्पादकमा नियुक्त भएपनि पछि प्रकाशन नै भएन ।
सन् १९६६/६७ मा नेपाल उद्योग वाणिज्य संघको बुलेटिनका सम्पादक भएर समेत उनले काम गरे । पछि त्यही बुलेटिन ‘व्यापार’ पत्रिकामा परिवर्तित भयो । उनी मैथिलीको आँजुर, अर्चनासहित विज्ञान प्रविधिका समेत सम्पादक रहेका थिए ।
पछि त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापक पदमा नियुक्त भएपछि विक्रम सम्वत् २०३० सालमा विराटनगरमा हिन्दी विषय र २०३४ सालमा जनकपुर आएर नेपाली विषय पढाउने गरेका डा. विमलले सन् २०१० जनवरी १ मा सह–प्राध्यापक भएर अवकाश पाएका थिए ।
मिथिला नाट्यकला परिषद्मा प्रत्येक सप्ताह साहित्य चक्र सञ्चालन गरी विभिन्न साहित्यकारको उदयमान हुनुमा विमलको भूमिका महत्पुर्ण मानिन्छ । धर्मेन्द्र विहवल, रमेश रञ्जन झा, धिरेन्द्र प्रेमर्षि, सुनिल मल्लिक, रोशन जनकपुरी, अमरेन्द्र यादव, दिपेन्द्र झा सहितका साहित्यकारको रचनालाई सच्याउने काम गरी दोस्रो डा. धीरेन्द्रको भूमिका निर्वाह गरेका थिए ।
मैथिली साहित्यको कथा, कविता सहितका विधामा कमवेश लेखिएपनि यात्रा, संस्मरण, रेखाचित्र, रिपोर्ताज, निबन्ध, उपन्यास, समालोचना सहितका विधा शुन्य रहेको, केही भएपनि अप्रकाशित रहेकाले मैथिली साहित्य धेरै ऋणात्मक अवस्थामा रहेको विमल बताउँछन् ।
उनले थुप्रै रचनाहरूको अनुवाद समेत गरेका छन् । सरुभक्तको उपन्यास पागल बस्तीको हिन्दीमा, भारतीय साहित्यकार रबिन्द्रको ‘नेपाल उर्फ लठ्ठा पार कि डायरी’लाई नेपालीमा, रमेश रंजनको मैथिलीमा लेखिएको ‘संगोर’ उपन्यासलाई नेपालीमा ‘उमस’ अनुवाद गरेका छन् । त्यसैगरी, मैथिलीमा हरिमोहन झाको प्रसिद्ध पुस्तक ‘खट्टर काकाक तरंग’लाई नेपालीमा ‘खट्टर काकाको तरंग’ अनुवाद गरेका छन् ।
कवि सिद्धिचरण श्रेष्ठको ‘उर्वशी’, मोदनाथ प्रश्रितको ‘मानव महाकाव्य’, चाँदनी शाहका ‘केही कविताहरू’लाई पनि मैथिलीमा अनुवाद गरेर छापिएको विमल बताउँछन् ।
भारतका साहित्यकार भारतेन्दु, हरिश्चन्द्र, घनश्याम दास विरला, सन्त गोविन्द दासले साहित्यका लागि आफ्नो सर्वश्व नै अर्पण गरेका कारण साहित्यमा उच्च कोटीका ग्रन्थ पाइन्छ । तर, मैथिली साहित्यमा त्यस्तो उदार हृदय भएकाहरूको अत्यन्त अभाव हुनु दुःखद रहेको उनी बताउँछन् । मैथिली साहित्यकारमा साधनाको अभाव हुनु, आफ्नो भाषा साहित्य, संस्कृतिप्रति हिनताबोध हुनु नै मैथिली साहित्यको दुरावस्थाका प्रमुख कारण रहेको विमल औंल्याउँछन् ।
भारतमा कन्नड भाषामा लेख्ने कवि सुव्रमन्यम भारती, हिन्दीमा लेख्ने रामधारी सिंह दिनकर राष्ट्रकवि हुन सक्छन् । वंगलामा लेखेर रविन्द्रनाथ टैगोर नोवेल पुरस्कार पाउन सक्छन् भने नेपालमा मातृभाषामा लेख्ने साहित्यकारलाई क्षेत्रीय साहित्यकार भनेर अवमूल्यन गर्ने गरिएको उनी टिप्पणी गर्छन् । विमल भन्छन्, ‘म त राष्ट्रकवि माधव घिमिरेलाई देवता नै ठान्छु । उनको चरणस्पर्श गर्न चाहन्छु । तर, मैथिलीमा पनि घिमिरे सरह लेख्ने स्रष्टालाई समान स्तरले हेरिनुपर्यो ।’
सुदूरपश्चिममा रहेका विभिन्न जातजाति र जनजातिको लोकजीवन, लोकसाहित्यलाई नेपाली साहित्यको मूलधारमा ल्याउनुपर्ने उनी बताउँछन् । नेपालभित्र रहेका सबै भाषाभाषीहरू खास गरेर जनजातिका शिष्ट साहित्य र लोक साहित्यको बीचमा अनुवादको माध्यमले विनिमय हुनु आवश्यक रहेको ठान्दछन् उनी । यसका साथै यी शिष्ट र लोक साहित्यसित विश्वलाई परिचित गराउने प्रयास समेत हुनुपर्ने उनको तर्क छ ।
विश्व साहित्यमा आएका प्रवृत्तिगत र शैलीगत परिवर्तनसँग परिचित गराउँदै जाने दायित्व पनि नेपाली साहित्यकै रहेको उनी बताउँछन् । नेपालका अन्य भाषा साहित्यसित सम्वद्ध साहित्यकारले ती अन्य साहित्यलाई बोके मात्र हाम्रो साहित्य समृद्ध हुन सक्ने उनी बताउँछन् ।
राष्ट्रिय प्रतिभा पुरस्कार, जगदम्वाश्री पुरस्कार, बगर फाउन्डेसन गोपालप्रसाद रिमाल सम्मान, वैद्यनाथ सियादेवी मैथिली पुरस्कार प्रतिष्ठान, संस्कृति र दर्शन प्रज्ञा पुरस्कार, मैनाली कथा पुरस्कार, कलाश्री पुरस्कार, विद्यापति पुरस्कारसहित दर्जनौं पुरस्कार र सम्मानबाट विमल सम्मानित भइसकेका छन् ।
उनले लेखेका रचना नेपालको कलेजमा पढाउने गरिन्छ । ९ कक्षाको नेपाली किताबमा ‘बन्धनबाट मुक्ति’ नामक कथा, त्रिभुवन विश्वविद्यालयको बीएडमा ‘लंका काण्ड’ नामक कथा, पोखरा विश्वविद्यालयको एमएमा ‘चरा बोल्छ’ कथा पढाउने गरिन्छ । मैथिली भाषामा प्राथमिक कक्षादेखि स्नातकोत्तरसम्म उनले लेखेका रचना पाठ्यक्रममा समावेश गरिएका छन् । कथा, कविता, निबन्ध, संस्मरण आदि रचनाहरू समावेश गरिएको विमल बताउँछन् ।
साहित्यिक, शोधपरक, अनुसन्धानात्मक, समालोचनात्मक विधामा २ दर्जनभन्दा बढी पुस्तक लेखिसकेका विमल अहिले ७२ वर्षको उमेर भइसक्दा पनि साहित्यिक काममा नै व्यस्त छन् । उनका रचना प्रायः नेपाली, मैथिली, हिन्दी र अंग्रेजी भाषामा लेखिएका छन् ।
साहित्यमा उनको योगदान यतिसम्म छ कि उनी जीवित छँदै उनको नाममा ४ वटा प्रतिष्ठानहरू खुलेका छन् । ‘नेपालका सबै भाषा र संस्कृतिबीच पारस्परिक विनिमयको प्रक्रियालाई तीब्र र प्रगाढ बनाए मात्र राष्ट्रिय एकताको भावना सुदृढ हुँदै जानेछ, एकै राष्ट्रिय जीवनका समन्वित लहर नभएर छुट्टाछुट्टै द्वीप भएर बस्ने हो भने त्यसले अनिष्टलाई निम्त्याउन सक्ने छ,’ विमलले भने ।
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...