२९ जेठ २०८३, शुक्रबार

फिल्म सञ्जू बारे हिरानीको प्रश्न –सञ्जूमा हामीले के गलत देखायौं ?

फिल्म सञ्जू बारे हिरानीको प्रश्न –सञ्जूमा हामीले के गलत देखायौं ?

सञ्जय दत्तको वायोपिक फिल्म ‘सञ्जू’ अहिले फिल्महलहरुबाट बाहिरिएको छ तर यो प्रश्न अहिले पनि गरिने गरिएको छ कि के राजकुमार हिरानीले उनको इमेज सुधार्नका लागि सञ्जू फिल्म बनाएका हुन् ?

यसको जवाफ हिरानीले दिएका छन् । 

सञ्जूको प्रदर्शन इन्टरनेशनल फिल्म फेस्टिवल अफ मेलवर्नमा गरिएको छ ।

यस क्रममा फिल्मका निर्देशक हिरानीले आइएएनएससँग कुराकानी गरेका छन् । सञ्जयको इमेज सुधार गर्ने विषयमा हिरानीले भने,‘व्हाइटबाँङिको शब्दको रुपमा उछालिएको हो । यदी तपाइँले फिल्म हेर्नुभएको छ भने सञ्जयको अपराध के हो ? उ सँग बन्दुक थियो, उसले बन्दुक राखेको थियो हामीले देखायौं । हामीले देखाएका छौं कि उसले आफ्नो यस गल्तीका लागि पाँच सालको सजाय पाएको छ । यसमा इमेज सुधार्ने प्रश्न कहाँबाट आयो, जो अपराध गरेको थियो त्यसलाई हामीले सबै देखाएका छौं  भने हामीले उसको इमेजमा सुधार आउने गरी फिल्ममा के देखाएका छौं ?’

राजकुमार हिरानीको फिल्म सञ्जूले ३ सय करोड भन्दा धेरै कमाइ गरेको छ  । हिरानीले अब विषयवस्तु र कथा बारे आस्वस्त भएमात्र फिल्म बनाउने बताएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्