
काठमाडौं– नेपालका लागि रसियाली राजदूत आन्द्रेही सर्गेभिज बुद्रिकको शुक्रवार निधन भएको छ । २९ फेब्रुअरी २०१६ देखि नेपालका लागि रसियाली राजदूत रहेका बुद्रिकको स्कोमा निधन भएको हो ।
सन् १९५३ मा जन्मिएका बुद्रिकले सन् १९७५ मा मस्को स्टेट इन्स्टिच्युट अफ इन्टरनेशनल रिलेशनमा स्नातकोत्तर गरेपछि उनले कुटनीति सेवामा करिअर सुरु गरेका थिए ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै राजदूत बुद्रिकको निधनले आफूलाई दुःखी तुल्याएको बताएका छन् ।
Deeply saddened to learn the untimely demise of Russian Ambassador to Nepal HE Andrei S Budnik in Moscow on 10 August 2018. My tribute to a good friend of Nepal. And heartfelt condolences to his family, friends, Russian Embassy in Kathmandu and entire Russian MOFA family.
— प्रदीप ज्ञवाली (@PradeepgyawaliK) August 12, 2018