२४ जेठ २०८३, आइतबार

लर्ड्स टेस्टमा आदिल राशिदले बनाए अनौठो कीर्तिमान

लर्ड्स टेस्टमा आदिल राशिदले बनाए अनौठो कीर्तिमान

काठमाडौं – लर्ड्समा भारत र इंग्ल्यान्डबीच आइतवार सम्पन्न टेस्ट म्याचमा इंग्ल्यान्डका खेलाडी आदिल राशिदको नाममा अनौठो कीर्तिमान बन्यो । 

राशिदले दोस्रो टेस्टमा न ब्याटिङ गरे, न त उनलाई बलिङको मौका नै प्राप्त भयो । म्याचमा राशिद मैदानमा त थिए तर उनले क्याच पनि समातेनन् । 

यस्तो घटना १३ वर्षअघि लर्ड्समै भएको थियो । सन् २००५ मा इंग्ल्यान्डका ग्यारेथ बेट्टीले बंगलादेशविरुद्ध यस्तै स्थिति भोग्नुपरेको थियो ।

लर्ड्समा तीव्र गतिका बलरहरूलाई स्विङ प्राप्त भइरहेकाले स्पिनर राशिदले मौका नपाएका हुन् । 

राशिदको जस्तो कीर्तिमान यसअघि थुप्रै खेलाडीले बनाइसकेका छन् ।

लर्ड्स टेस्टमा भारतले एक इनिङ र १५९ रनको लज्जास्पद पराजय बेहोरेको छ । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्