काठमाडौं – उत्तर र दक्षिण कोरियाले उत्तरको राजधानी प्योङयाङमा सेप्टेम्बर महिनामा अन्तर्कोरियाली शिखरवार्ता गर्ने दक्षिणको एकता मन्त्रालयले सोमवार जनाएको छ ।
सोमवार दुवै देशका अधिकारीहरूले सीमाक्षेत्रमा रहेको युद्धविराम गाउँ पान्मुनजोममा उच्चतहको समझदारी गरेका छन् ।
उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनले अप्रिल महिनामा भेटघाट गरेका थिए र शरद ऋतुमा अर्को वार्ता प्योङयाङमा गर्ने सहमति जनाएका थिए ।
रोयटर्सबाट