३१ जेठ २०८३, आइतबार

माल्टाको सडकमा आमासँग घुमे सलमान खान (भिडियो)

माल्टाको सडकमा आमासँग घुमे सलमान खान (भिडियो)

काठमाडौं – बलिउडका सुपरस्टार सलमान खान हिजोआज फिल्म भारतको शूटिङ माल्टामा गराइरहेका छन् । 

यसैबीच सलमानकी आमा सलमा र बहिनी अलवीरा पनि त्यहाँ पुगे । 

सलमानले इन्स्टाग्राममा एक भिडियो शेयर गरेका छन् जसमा उनी आमासँग माल्टाको सडकमा घुमिरहेको देखिन्छन् । भिडियो शेयर गर्दै उनले लेखे, ‘माल्टामा घुम्दैछौं ।’

सलमानले आमासँगको एक तस्वीर पनि इन्स्टाग्राममा हालेका छन् । उनले क्याप्सनमा लेखे, ‘मेरो जीवनको प्रेमसँग ।’

फिल्म कुरा गर्दा त्यसमा सलमानबाहेक कट्रिना कैफ, दिशा पाटनी, तब्बु, ज्याकी श्रोफ, सुनिल ग्रोभर र आसिफ शेख देखिनेछन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्