३१ असार २०८३, बुधबार

ह्युण्डाई वल्र्ड कप प्रेडिक्ट एण्ड विनका विजेतालाई पुरस्कार वितरण

ह्युण्डाई वल्र्ड कप प्रेडिक्ट एण्ड विनका विजेतालाई पुरस्कार वितरण

काठमाडौं – लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालि नेपालको लागि ह्युण्डाई कारको आधिकारिक डिलरले ह्युण्डाई वल्र्ड कप प्रेडिक्ट एण्ड विनका विजेतालाई पुरस्कार वितरण गरेको छ ।

प्रालिले प्रतिष्ठित फुटबल इभेन्ट फिफा वल्र्ड कपलाई लक्षित गरी ‘रोड टु रसिया’ योजनाको शुरूवात गरेको थियो । ह्युण्डाईले ह्युण्डाई वल्र्ड कप प्रेडिक्ट एण्ड विन पनि आफ्ना सामाजिक सञ्जालका फलोअरको लागि ल्याएको थियो ।

ह्युण्डाई वल्र्ड कप प्रेडिक्ट एण्ड विन, ह्युण्डाई रोड टु रसियाकै एउटा भाग थियो । जुन ह्युण्डाई नेपालको आधिकारिक वेवसाइट पेजमार्फत् सञ्चालन गरिएको थियो । जगन्नाथ राउत, किसमत पाण्डे र अशोक भण्डारीले आफूले पाएको अंकको आधारमा क्रमशः ४३ इन्चको स्याम्सङ स्मार्ट टिभी, ३२ इन्चको स्याम्सङ स्मार्ट टिभी र कुलप्याड प्ले सिक्स स्मार्टफोन जितेका छन् ।

दिपेन्द्र कार्की, प्रयस बिदारी, समिप सिंग पाहारी, देवराज घिमिरे, नितेशराज रेग्मी र आस्मा रायमाझीले कुलप्याड कुलवान स्मार्टफोन जितेका छन् । ह्युण्डाईले ह्युण्डाई वल्र्ड कप प्रेडिक्ट एण्ड विन कन्टेस्टका विजेताका लागि पुरस्कार वितरण कार्यक्रम साउन २८ गते सोमबार गरेको थियो ।

मिस नेपाल वल्र्ड २०१८ शृंखला खतिवडा र ह्युण्डाई मिस फ्रेण्डसिप २०१८ शायारा लामाले आधिकारिक रुपमा पुरस्कार हस्तान्तरण गरेका थिए । ह्युण्डाईले ४ जना भाग्यशाली ग्राहकलाई रसियामै गएर स्टेडियममा लाइभ फाइनल म्याच हेर्ने अवसर प्रदान गरेको थियो ।

फुटबलका फ्यानलाई अद्भुत र रोमाञ्चक अनुभव प्रदान गर्दै ह्युण्डाई विश्व फुटबललाई साथ दिन र विकास गर्नको लागि प्रतिवद्ध रहेको जनाइएको छ । प्रालिका अनुसार ह्युण्डाई आफ्ना ग्राहकलाई ह्युण्डाईको ओनर भएबापत विश्वकै विशिष्ट अनुभूति प्रदान गर्न प्रतिबद्ध छ ।

salt training

कमेन्ट गर्नुहोस्