२५ जेठ २०८३, सोमबार

ग्लोबल आईएमई बैंकका ग्राहकलाई ग्रीन सिटी अस्पतालमा २०% छुट

ग्लोबल आईएमई बैंकका ग्राहकलाई ग्रीन सिटी अस्पतालमा २०% छुट

काठमाडौं – ग्लोबल आईएमई बैंक लिमिटेड र ग्रीन सिटी अस्पतालबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकले अस्पतालले दिने सेवामा २०% छुट पाउने भएका छन् ।

ग्लोबल आईएमई बैंक लिमिटेड र ग्रीन सिटी अस्पतालबीच सोमवार अस्पतालले प्रदान गर्ने विभिन्न सेवासुविधामा दिइने छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बैंकले हस्पिटलसँग ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले द्विपक्षीय सम्झौता गरेको जनाइएको छ ।

सम्झौता पत्रमा ग्रीन सिटी अस्पतालका सिनियर हस्पिटल म्यानेजर मनिष दवाडी र ग्लोबल आईएमई बैंकका कार्ड वितरण तथा प्रवद्र्धन विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरेका छन् । ग्लोबल आईएमई बैंकले ग्राहकलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधा प्रदान गर्ने उद्देश्यले विभिन्न संस्थासँग समन्वय गर्दै योजनाहरू ल्याउने गरेको छ ।

सम्झौतापश्चात् ग्रीन सिटी अस्पताल बसुन्धरामा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका ग्राहक तथा ग्लोबल आईएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा २० प्रतिशतसम्म छुट पाउने छन् ।

ग्लोबल आईएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले १ सय ३१ शाखा, १ सय ३४ एटीएम, ५ एक्सटेन्सन काउन्टर, १५ राजस्व संकलन काउन्टर, १ सय शाखारहित बैंकिङ्ग सेवा र देशबाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत् ९ लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइबर बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमा अस्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर नेपालीलाई सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, यूएई, बहराइन अस्टे«लिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्