०६ असार २०८३, शनिबार

भक्तपुरका दुई ठाउँमा भेटिएको प्रेसर कुकर बम सुरक्षाकर्मीद्वारा निष्क्रिय

भक्तपुरका दुई ठाउँमा भेटिएको प्रेसर कुकर बम सुरक्षाकर्मीद्वारा निष्क्रिय
सन्दर्भ तस्वीर

भक्तपुर– भक्तपुरका दुई स्थानमा फेला परेका प्रेसर कुकर बमलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । भक्तपुरको सूर्यविनायक, आदर्श चोक र मध्यपुरठिमी नगरपालिका–१ लोकनथलीमा मंगलबार बिहानै प्रेसर कुकर बम भेटिएको थियो ।

प्रहरी तथा सेनाको बम डिस्पोजल टोलीले सूयविनायकको आदर्श चोक र मध्यपुरठिमीको लोकनथलीमा राखिएको प्रेसर कुकर बम बिहान ६ बजे निष्क्रिय पारेको भक्तपुर प्रहरी परिसरले जनाएको छ । 

मंगलबार विप्लव नेतृत्वको नेकपाले बन्दको आह्वान गरेको छ ।  आफ्ना प्रवक्ता प्रकाण्डलाई प्रहरीले पक्राउ गरेको विरोधमा गरिएको बन्दको प्रभाव देशभर सामान्य रुपमा परेको छ । 

salt training

कमेन्ट गर्नुहोस्