३१ जेठ २०८३, आइतबार

काठमाडौंको नैकापमा ‘बम आतंक’, नवलपरासीमा ट्रकमा आगजनी

काठमाडौंको नैकापमा ‘बम आतंक’, नवलपरासीमा ट्रकमा आगजनी

काठमाडौं–  नेत्रविक्रमम चन्द नेतृत्वको विप्लवले गरेको बन्दको सामान्य प्रभाव परेको भएपनि देशका केही स्थानमा बम विस्फोट र  आगजनीका घटना भएका छन् । 

राजधानीको नैकापमा बम फेला गरेको छ ।  उक्त बम प्रेसर कुकर बम भएको आशंका गरिएको छ र नेपाली सेनाको टोली डिस्फोजका लागि घटनास्थलमा पुग्दै गरेको प्रहरीले जनाएको छ । 

बिहान तरकारी किन्न जाने क्रममा एक स्थानीयले खतरा लेखिएको प्रेसर कुकर भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।  त्यसपछि सो  बम भएको भन्दै स्थानीयबीच खैलाबैखा मच्चिएको थियो । 

यता पूर्वी नवलपरासीको गैंडाकोटमा आज बहिान दुईवटा ट्रकामा  आगजनी भएको छ । 

 स्थानीय  भृकुटीचोकमा रोकिएका ना २ ख ८४८७ र ना २ ख २५४८ नम्बरका ट्रकमा आगजनी भएको हो । आगजनीबाट ट्रकमा क्षति पुगेकोे छ । 

यसअघि आजै बिहान भक्तपुरका दुई स्थानमा भेटिएको बम  सेनाले  निष्क्रिय पारेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्