
बुटवल– बुटवलस्थित भारतीय भूतपूर्व सैनिक क्याम्पमा विष्फोट भएको छ । विष्फोटबाट क्याम्पको शौचालयमा क्षति पुगेको छ ।
इलाका प्रहरी कार्यलय बुटवलका डिएसपी डिलबहादुर मल्लले घटनाको पुष्टि गर्दै शौचालयमा क्षति भएपनि मानविय क्षति नभएको जानकारी दिनए । घटनाका बारेमा अनुसन्धान भइरहेको उनले बताए ।
नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको क्रममा विष्फोटबाट भएको हो । घटनाको गएराति नाै बजेतिर भएकाे हाे ।