
काठमाडौं –हुलका हुल आउने बाँदरले सर्वसाधारण किसानको अन्नबाली र फलफूल नष्ट गरेको भन्दै बाँदर नियन्त्रणका लागि एक सांसदले संसदमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको मंगलवार बसेको बैठकको शून्य समयमा नेकपाका सांसद नारायण मरासिनीले बाँदरको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।
ʻजनताका कथा व्यथा छन्, स्याङ्जामा बाँदरको हुलकाहुल पसेर जनताको अन्नबाली नष्ट गरेको छ । केही समयपछि सुन्तलालगायत फलफूलको सिजनमा आउने बाँदरको समस्यालाई समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँछु,’ उनले भने ।