०१ असार २०८३, सोमबार

बेलायतको वेस्टमिन्स्टरमा आतंकवादी आक्रमण, दुईजना घाइते

बेलायतको वेस्टमिन्स्टरमा आतंकवादी आक्रमण, दुईजना घाइते

काठमाडौं – बेलायतको संसद् वेस्टमिन्स्टरअगाडि कार जोतेर दुईजनालाई घाइते बनाउने एक व्यक्तिलाई आतंकवादको आशंकामा पक्राउ गरिएको छ । 

लगभग ३० वर्ष उमेरको व्यक्तिको गाडीलाई अधिकारीहरूले स्थानीय समयअनुसार बिहान साढे ७ बजेतिर घेरेर उसलाई पक्राउ गरेका थिए । 

कारले जोत्दा साइकलमा सवार व्यक्तिहरू घाइते भएका थिए । लन्डन एम्बुलेन्स सेवाले घाइतेहरूलाई अस्पताल पु–याएको बताएको छ । उनीहरूलाइै गम्भीर चोटपटक लागेको छैन । 

स्कटल्यान्ड यार्डको आतंकवादप्रतिरोधी इकाइले अनुसन्धान जारी राखेको छ । 

सशस्त्र प्रहरी, एम्बुलेन्स र अग्निनियन्त्रकहरू मध्य लन्डनस्थित घटनास्थलमा तैनाथ छन् । 

प्रत्यक्षदर्शीहरूका अनुसार, सेतो कारले मानिसहरूलाई जानाजान हिर्काएको थियो ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्