
मन्दिर बनाउन सुन चाँदी र बहुमुल्य बस्तु पदार्थको प्रयोग हुने गरेको हामीले सुनेका छौं ।
सुनका जलप लगाएका छाना नेपाल, भारत लगायतका देशहरुमा हामीलदे देखेका र सुनेका छौं । तर, वियरको बतोतलको प्रयोग गरेर गरेर पनि मन्दिर बनाइएको छ भन्ने सुन्दा तपाईंलाई अचम्म लाग्ला ।
थाइल्याण्डमा यस्तै मन्दिर छ । यहाँ बौद्ध भिक्षुहरुले बियरको खाली बोतलको प्रयोग गरेर निकै आकर्षक मन्दिर बनाएका छन् ।

थाइल्याण्डको सिस्केटमा केही बौद्ध भिक्षुहरुले करिब १० लाख बियरको बोतललाई जम्मा गरी यो मन्दिर बनाएका हुन् । मन्दिरको नाम ‘वात पा माहा चेडियो काइउ’ रहेको छ ।
प्रयोगविहिन बोतललाई कसैले मन्दिर निर्माण गर्छन् भनेर मानिसहरुले सोच्न पनि सक्दैनन् त्यसकारण यसलाई हेर्न मानिसहरु देशका विभिन्न कुनाबाट आउने गर्दछन् ।

मन्दिरको वरिपरिको भागमा समेत बियरको बोतल लगाइएको छ भने यहाँ बनाइएका शौचालयमा पनि बियरकै बोतल टाँसिएका छन् ।