०१ असार २०८३, सोमबार

बिहारको बालिकागृहका सम्बन्धमा भएका आश्चर्यजनक खुलासा

बिहारको बालिकागृहका सम्बन्धमा भएका आश्चर्यजनक खुलासा

काठमाडौं – भारतको बिहार राज्यस्थित मुजफ्फरपुर शेल्टर होममा बालिकाहरूमाथि बलात्कारको घटना सार्वजनिक भएपछि बिहारका अन्य यस्ता होमका बारेमा आश्चर्यजनक तथ्यहरू बाहिर आएका छन् । 

टाटा इन्स्टिच्युट अफ सोसल सायन्सेसको ताजा अडिट रिपोर्टमा उल्लेख भएअनुसार, त्यस्ता शेल्टर होममा बालिकाको यौन, मानसिक र शारीरिक शोषण गरिन्छ । त्यहाँ कामकाज पनि अत्यन्तै अव्यस्थित तरिकाले गरिन्छ । 

प्रतिवेदनअनुसार, १४ शेल्टर होममा यौन र शारीरिक यातना दिइन्छ । तीमध्ये कतिपय भवनका शौचालयमा ढोकै थिएनन् र स्टाफलाई त्यहाँ बस्ने बालिकाको बारेमा संवेदनशील कुराहरू थाहा थियो । 

ती शेल्टर होममा ल्याइएका बालिकामध्ये धेरैजसो बलात्कारपीडित थिए । अरूहरू यौनशोषण पीडित थिए । धेरै चाहिँ घरबाट भागेका थिए । 

शेल्टर होमको हालत जर्जर थियो । सरसफाइमा निकै समस्या थियो । उचित निकास व्यवस्था थिएन । मोतिहारी, मुंगेर, गया, अररिया र पटनाका शेल्टर होममा अनुचित व्यवहारको उल्लेख गरिएको छ । 

रिपोर्टमा लेखिएअनुसार, १४ शेल्टर होममा प्लास्टिक बोतलमा पिसाब भेटियो किनकि राति बच्चाहरूलाई ताल्चा लगाएर थुनिन्थ्यो । 

मोतिहारीमा बच्चीहरूलाई मोटो पाइपले पिटिएको पाइयो । मुंगेरमा बच्चाहरूलाई कारागारमा जस्तो गरी राखियो । गयामा बच्चीहरूलाई अश्लील कुरा लेखाइयो । अररियामा बच्चाहरूलाई प्रहरीले पिटे । पटनामा उनीहरूका लागि
औषधि र कपडाको अभाव थियो । 

हाजीपुर शेल्ट होममा प्रहरीले अल्पवास गृहका प्रमुख कार्यकर्ता मनमोहन प्रसादलाई बच्चीहरूको यौन शोषण गरेको आरोपमा पक्राउ गरेको छ ।

एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्