
काठमाडौं –नुवाकोटको मेघाङ गाउँपालिकाको बुङताङबाट काठमाडौंतर्फ आउँदै गरेको बस दुर्घटना हुँदा ३५ भन्दा बढी घाइते भएका छन् ।
बा २ ख २८०४ नम्बरको बस विदुर नगरपालिका वडा नं. ९ स्थित लामाटारमा दुर्घटनामा परेको हो ।
विपरीत दिशाबाट आइरहेको आइचरलाई बाटो छाडिदिने क्रममा बस पल्टिएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते केहीलाई काठमाडौं पठाइएको र बाँकीको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।