
काठमाडौं – अमेरिकाको उटाहमा एउटा अचम्मको घटना सार्वजनिक भएको छ । एक व्यक्तिले आफ्नी पत्नीलाई मार्नका लागि आफ्नै घरमाथि विमान खसाए ।
घटनामा पत्नीलाई त केही भएन तर पति चाहिँ मरे ।
यस विषयमा प्रहरीले बतायो, ‘विमान घरमा ठोक्किनेबित्तिकै आगो लाग्यो । प्लेन उडाउने व्यक्ति मारिए तर घरमा रहेकी उसकी पत्नी र एक बच्चा भाग्न सफल भए ।’
घटनामा मारिएका व्यक्तिको पहिचान ड्वेन यूडका रूपमा भएको छ ।
प्रहरीका अनुसार, विमान ठोक्किएपछि घरको अघिल्लो भाग डढेको थियो ।
समाचारहरूमा आएअनुसार, यो घटनाभन्दा केही घन्टाअघि यूडलाई घरेलु हिंसामा पक्राउ गरिएको थियो । तर पछि उनले जमानत पाए ।
यूडले आफ्नी पत्नी पिटेको आरोप थियो । अमेरिकी प्रहरीले बताएअनुसार, यूड विमान कम्पनीमा काम गर्थे र त्यहीँबाट विमान ल्याएर घरमा जोतेका थिए ।
यूड एक अनुभवी विमानचालक भएको बताइएको छ ।
एजेन्सी