१५ असार २०८३, सोमबार

प्रहरी प्रमुख मुद्दा बुधवारलाई सर्‍यो, पुरानै आदेशलाई निरन्तरता

कात्तिक २०, २०७४
प्रहरी प्रमुख मुद्दा बुधवारलाई सर्‍यो, पुरानै आदेशलाई निरन्तरता
काठमाडौं, ८ फागुन — प्रहरी प्रमुख सम्बन्धी मुद्दाको बहस सर्वोच्च अदालतले बुधवारलाई सारेको छ । आइतवार सो मुद्दामा बहस भएको थियो । बुधवार फेरि बहस हुने छ ।

त्यतिन्जेलका लागि चाहिँ पहिलेकै आदेशले निरन्तरता पाउने भएको छ । यस अघि सर्वोच्च अदालतले  अन्तरिम आदेश जारी गर्दै तत्तकाल डिआइजी जयबहादुर चन्दलाई प्रहरी प्रमुख नबनाउन आदेश दिएको थियो ।

सरकारले डिआइजी चन्दलाई नियुक्त गरेपछि उनका विरुद्धमा सवोच्च अदालतमा परेको रिटमा सो आदेश आएको थियो । त्यसपछि फेरी आफूलाई अन्याय परेको भन्दै आइजीपीका अर्का दावेदार नवराज सिलवाल सर्वोच्च गएका थिए ।

न्यायाधीश हरिकृष्ण कार्की र इश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले आजको आदेश दिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्