१० असार २०८३, बुधबार

लोकसेवा आयोगद्वारा ५०४ अधिकृतका लागि विज्ञापन आह्वान (विज्ञापनसहित)

कात्तिक २०, २०७४
लोकसेवा आयोगद्वारा ५०४ अधिकृतका लागि विज्ञापन आह्वान (विज्ञापनसहित)
काठमाडौं, २९ मंसिर– लोकसेवा आयोगले ५०४ जना शाखा अधिकृतको लागि विज्ञापन आह्वान गरेको छ । आयोगले बुधबार गोरखापत्र दैनिकमा विज्ञापन आह्वान गर्दै व्यवस्थापिका संसद, न्याय, परराष्ट्र, लेखापरीक्षण र प्रशासन सेवामा दरखास्त आह्वान गरेको छ ।
आरक्षण कोटा छुट्याएर गरिएको विज्ञापनका ती पदहरुमा संयुक्त र एकीकृत परीक्षा प्रणालीअन्तर्गत प्रतियोगितात्मक लिखित परीक्षाको लागि दरखास्त आह्वान गरिएको हो । आवेदन अनलाइनमार्फत दिनुपर्ने सूचनामा उल्लेख छ ।
सूचनाअनुसार खुल्लातर्फ विभिन्न सेवा र समुहमा २७४ जना माग गरिएको छ । यस्तै महिला तर्फ ७३, आदीवासी–जनजातीतर्फ ६६, मधेसी तर्फ ५१, दलिततर्फ १९, अपांगतर्फ १० र पिछडिएको क्षेत्रतर्फ ११ जना माग गरिएको छ ।
दरखास्त काठमाडौं उपत्यकाको हकमा मध्यमाञ्चल क्षेत्रीय निर्देशानलय, नयाँ वानेश्वर दरखास्त केन्द्र र गोस्वारा हुलाका कार्यालय, सुन्धारा तथा उपत्यकाबाहिरको हकमा क्षेत्री निर्देशानालय, अञ्चल कार्यालयमा बुझाउन सकिनेछ ।
गत वर्षभन्दा आयोगले बढी अधिकृत माग गरेको हो । गतवर्ष आयोगले गत वर्ष ५ सय अधिकृतको आवेदन मागेको थियो |
d8883af85bf702278422a4c894a61b47 (1)
d8883af85bf702278422a4c894a61b47 (1)-001_17e24c5c8214dd5116fdfbf145b641b34 (1)

salt training

कमेन्ट गर्नुहोस्