३२ असार २०८३, बिहीबार

नहरमा पौडी खेल्दै गर्दा युवक डुबेर बेपत्ता

नहरमा पौडी खेल्दै गर्दा युवक डुबेर बेपत्ता

नवलपरासी- पश्चिम नवलपरासीस्थित भारतीय गण्डकको पश्चिमी नहरमा बिहीबार साँझ एक युवक डुबेर बेपत्ता भएका छन् । सुस्ता गाउँपालिका–२ सत्पती बस्ने जगनारायण चौधरीको छोरा वर्ष १७ का कमल चौधरी नहरमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका हुन् । 

उनी नहरमा पौडी खेल्दै गर्दा डुबेर बेपत्ता भएको र भारतीय पश्चिमी नहरमा पानी धेरै भएका कारण चौधरीको खोजी गर्न कठिन भएको बेलाटारी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक केदार बस्नेतले जानकारी दिनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्