बलिउड स्टार सलमान खान विद्यार्थी जीवनमा आफ्नै शिक्षिकालाई 'फ्लर्ट' गर्थे । यो कुरा स्वयं सलमानले नै स्वीकारेका हुन् ।
टेलिभिजन रियालिटी शो दशका दम–दमदारको छायांकनका क्रममा सलमानले आफ्नो स्कूल जीवनका किस्सा सुनाएका हुन् । रियालिटी शोको उक्त एपिशोड यही सप्ताह्नमा प्रशारण हुने नवभारत टाइम्सले लेखेको छ ।
रियालिटी शोमा सोधिएको एक प्रश्नमा सलमानले स्कूल जीवनमा आफूले शिक्षिकालाई जिस्क्याउने गरेको स्वीकारेका हुन् । सलमान शिक्षिकालाई साइकलमा राखेर घरसम्म पुर्याउन जान्थे ।
यहाँसम्म कि उनले साइकलको पछाडिको क्यारियर नै हटाइदिएका थिए, ताकि शिक्षिकालाई अगाडि राख्न पाइयोस् ।
सलमानले भनेका छन्– 'आफ्नी शिक्षिकाप्रति फिदा हुनु कसैका लागि असम्भव कुरा हो । प्राय: मानिस यसलाई स्वीकार्दैनन् । तर म खुलेआम भन्छु– मैले आफ्नी शिक्षिकालाई निकै फ्लर्ट गरेँ ।
सलमान हाल आफ्नै होम प्रोडक्सन फ्लिम भारतको शुटिङमा व्यस्त छन् । उक्त फ्लिममा फेरि एकपटक सलमान र कट्रिना कैफलाई एकसाथ देख्न पाइने छ ।