०६ असार २०८३, शनिबार

सय करोडभन्दा बढी खर्च गर्ने विवाहमा त्यस्तो के खास गर्दैछन् रणवीर र दीपिकाले ?

सय करोडभन्दा बढी खर्च गर्ने विवाहमा त्यस्तो के खास गर्दैछन् रणवीर र दीपिकाले ?

बलिउडको चर्चित जोडी रणवीर सिंह र दीपिका पादुकोणको विवाहको मिति नजिकिएसँगै समर्थकमा उत्साह बढेको छ ।

भारतीय मिडियाहरूले जनाएअनुसार रणवीर र दीपिकाको विवाह आगामी नोभेम्बर २० तारिखका दिन हुनेछ ।

अहिले दुवै परिवारले एकसाथ मिलेर शपिङ शुरु गरेको खबर छ । दुवै परिवारको ध्यान पहिले गरगहना खरिद गर्नेमा छ । 

गहना खरिद गरेपछि मात्र बाँकी तयारी गर्ने निकट स्रोतलाई उद्धृत गर्दै अमरउजालाले लेखेको छ । उनीहरूले पारम्परिक गहनाका अलावा चाँदीका केही खास गहनाहरू पनि किनेका छन् ।

विवाहमा रणवीर र दीपिकाका विशेष साथीहरू सहभागी हुनेछन् । करीब ३० जना सहभागी हुने अनुमान गरिएको छ ।

इटालीमा हुने विवाहपश्चात भारतमा रिसेप्सन पार्टी दिने तयारी छ । पार्टी मुम्बइ र दीपिकाको गृहनगर बेंगलुरुमा हुनेछ ।

यो जोडीले विवाहमा भरपूर खर्च पनि गर्दैछन् ।

अर्को चर्चित जोडी विराट कोहोली र अनुष्का शर्माले आफ्नो विवाहमा करीब १ सय करोड खर्च गरेका थिए ।

रणवीर र दीपिकाले सय करोडभन्दा पनि बढी खर्च गर्नेगरी तयारी गरिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्