काठमाडौं, ८ फागुन — सन् २०१६ को अन्तिम तीन महिनामा चीनमा कुल १३.१६ करोड स्मार्टफोन बिक्री भयो । त्यसमा हुआबेले शीर्ष स्थान ओगटेको छ । त्यसपछि ओप्पो र वीबो दोस्रो स्थानमा छ ।

सिंगापुरको मार्केट रिसर्च कम्पनी केनालिसले शनिवार जारी गरेको प्रतिवेदनमुताबिक चीनमा संसारकै एक तिहाइ स्मार्टफोन बिक्री भयो ।
सन् २०१६ को अन्तिम त्रैमासिकमा चीनमा इतिहासमै सबभन्दा धेरै फोन बिक्यो । अनि वर्षभरि ४७.६५ करोड फोन बिक्यो चीनमा । हुवाबे एक्लै चिनियाँ बजारमा ७.६२ करोड बिक्यो । त्यसपछि ओप्पो ७.३२ करोड अनि वीबो ६.३२ करोड बिक्यो ।
यी तीन शीर्ष कम्पनीहरूले नयाँ उत्पादन, बजार रणनीति र ब्रान्डिङमा प्रतिस्पर्धा गरे । सन् २०१७ मा पनि यिनीहरूकै बीचमा प्रतिस्र्धा हुनेछ ।
शियाओमी चौथो अनि एप्पल पाँचौं स्थानमा रहे ।
एजेन्सीको सहयोगमा